
बागलुङ, ११ असोज । गल्कोट स्पोर्ट्स क्लबले काठमाडैंमा जारी छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ लगातार दोस्रो जित निकालेको छ ।
सोमबार प्रदेश नम्बर-२ लाई ३-० को सोझो सेटमा पराजित गर्दै गल्कोटले लगातार दोस्रो जित निकालेको हो ।
गल्कोटले प्रदेश-२ माथि २५-२३,२५-२१ र २५-१८ को जित निकाल्यो । पहिलो खेलमा गल्कोटले बागमती प्रदेशलाई हराएको थियो ।