
बागलुङ, १० असोज । आसन्न १४ औं महाधिवेशनका लागि शनिबार सुरु भएको गाउँ तथा नगर अधिवेशनमा बागलुङ नगरपालिकाको सभापतिमा उमाकान्त शर्मा ‘बाबु’ विजयी भएका छन् ।
आईतबार भएको निर्वाचनमा शर्माले २२४ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रत्यासी कर्ण हमालले १६२ मत प्राप्त गरे ।
शर्मा र हमालले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका थिए । शर्मा रामचन्द्र पौडेल पक्षबाट र हमाल शेर बहादुर देउवा पक्षबाट उम्मेदवार बनेका थिए ।
यस्तै उपसभापतिमा शर्माको प्यानलका प्रदिप गौतम र हमालका प्यानलका नारायण पौडेल विजयी भएका छन् । गौतमले २०० र पौडेलले २०१ मत प्राप्त गरे । यस्तै उपसभापतिमै उम्मेदवारी दिएका कुलप्रसाद उपाध्यायले १७० र निर बहादुर थापाले १२६ मत प्राप्त गरेका छन् ।
यस्तै सचिव र उपसमितिमा शर्मा प्यानलका उम्मेदवार विजयी भएका छन् । सचिवमा आशिक राजभण्डारीले २०८ मत र कृष्ण शर्माले १९३ मत प्राप्त गरि विजयी भए । सचिवमा उम्मेदवारी दिएका अर्जुन घिमिरेले १६३ र मिन बहादुर केसी (मिलन)ले १५२ मत प्राप्त गरेका छन् । यस्तै सहसचिवमा प्रकाश किसानले १८७ र सजय पौडेलले २०९ मत प्राप्त गरेर विजयी भएका छन् । उपसचिवमा उम्मेदवारी दिएका कमल बोहोराले १५० र विदेश कुमार राजभण्डारीले १६१ मत प्राप्त गरेका छन् ।
३ सय ८९ मतदाता रहेको बागलुङ नगरपालिकामा ३८८ मत खसेको थियो ।










