नेपाली काँग्रेस जैमिनी नगर सभापतिमा सापकोटा विजयी

बागलुङ, १० असोज । नेपाली काँग्रेसको १४ औं महाधिवेशन तथा जैमिनी नगरपालिकाको प्रथम अधिवेशनबाट सभापतिमा प्रेम सापकोटा विजयी हुनुभएको छ ।
शनिबारबाट सुरु भएको अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि आईतबार भएको मतदानमा सापकोटाले १ सय ४६ मत प्राप्त गरि विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी काशिराम आचार्यले १ सय १६ मत प्राप्त गर्नुभयो ।

यस्तै तीन जनाको उम्मेदवारी परेको उपसभापतिमा बिमल श्रीस र ओम बहादुर केसी विजयी हुनुभएको छ । श्रीसले २ सय ६ मत र केसीले १ सय ७२ मत प्राप्त गरि विजयी हुनुभएको होभने उहाँका प्रतिद्वन्द्वी किरण शर्माले १ सय १६ मत मात्र प्राप्त गर्नुभयो ।

यस्तै सचिवमा बम बहादुर क्षेत्रीले २ सय मत र शिव कुमार श्रीसले १ सय ९१ मत प्राप्त गरि विजयी हुनुभएको छभने उहाँका प्रतिद्वन्द्वी नारायण अधिकारीले ९५ मत प्राप्त गर्नुभएको छ । यस्तै सहसचिव दिपक सुवेदीले १ सय ८७ र बिमल आचार्यले १ सय ७० मत प्राप्त गरि विजयी हुनुभएको छभने उहाँका प्रतिद्वन्द्वी ईश्वरी प्रसाद चापागाईले ७१ मत प्राप्त गर्नुभएको छ ।

यस्तै बागलुङ नगरपालिकामा मतदान सम्पन्न भएको छ । ३ सय ८९ मतदाता रहेको बागलुङ नगरमा ३ सय ८८ मत खसेको निर्वाचन अधिकृत अखिलनाथ शर्माले बताउनुभयो । उहाँले मतगणना आजै हुने र रातीसम्म मतपरिणाम आउने बताउनुभयो ।

बागलुङ नगरपालिकामा सभापति पदको लागि कर्ण बहादुर हमाल र उमाकान्त शर्मा ‘बाबु’ले प्यानल घोषणा गरेर उम्मेदवारी दर्ता गराएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here