साफ च्याम्पियनसिपको लागि नेपालको टिम घोषणा, बागलुङका कमल समावेश

बागलुङ, १० असोज । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माल्दिभ्समा अर्को सातादेखि सुरु हुने साफ च्याम्पियनसिप २०२१ का लागि २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका छन् ।

पछिल्लो दुई सातायता कतारमा रहेको २५ सदस्यीय टोलीबाट गोलरक्षक विकेश कुथु र डिफेन्डर राजन गुरुङले अन्तिम टोलीमा स्थान बनाउन सकेनन् । प्रशिक्षण क्याम्पका दौरान चोट बोकेपछि विकेश अन्तिम टोलीमा पर्न सकेनन् । प्रशिक्षक अलमुताइरीले यसअघि साफमा २५ जना खेलाडीलाई नै माल्दिभ्स लग्ने बताएपनि एन्फाले भने २३ सदस्यीय टोली घोषणा गरेको हो । साफ खेल्ने टोलीमा बागलुङका कमल थापाले २३ सदस्य टोलीमा स्थान बनाएका छन् ।

साफले अन्तिम टोलीमा २३ सदस्य रहने भएपनि विकल्पमा आफ्नै खर्चमा भने खेलाडी लग्न पाउने प्रावधान छ ।

नेपाली टोलीले आज ओमानविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम छ । त्यसपछि टोली सोमबार माल्दिभ्स प्रस्थान गर्ने कार्यक्रम रहेको छ । साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म मालेमा हुँदैछ । नेपालसँगै भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशले राउण्ड रोबिन लिगमा प्रतिस्पर्धा गर्नेछन् । लिगको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

साफको लागि घोषणा गरिएको अन्तिम टोली :
किरण चेम्जोङ (गोलरक्षक), दीप कार्की (गोलरक्षक), विशाल श्रेष्ठ (गोलरक्षक), आशिष लामा, अनन्त तामाङ, अन्जन विष्ट, आयुष घलान, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी र तेज तामाङ

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here