नेपाली काँग्रेस काठेखोलाको अध्यक्षमा कंडेल चयन

बागलुङ, १० असोज । नेपाली काँग्रेसको १४ औं महाधिवेशन तथा काठेखोला गाउँपालिकाको प्रथम अधिवेशनले यामदत्त कंडेलको सभापतित्वमा ५० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

शनिबार भएको अधिवेशनमा काठेखोलाको सभापति पदको लागि दुई जनाको आकांक्षा देखिएपनि राती सर्वसम्मत यामदत्त कंडेल सभापतिमा चयन हुनुभएको हो । अध्यक्षमा ज्ञामनाथ कंडेलले पनि आकांक्षा व्यक्त गर्नुभएको थियो ।

यस्तै समितिको उपाध्यक्षमा खडक बहादुर कार्की र गौरिशंखर शर्मा, सचिवमा चन्द्र कुमार पुन र देवेन्द्र बहादुर क्षेत्री र सहसचिवमा महेन्द्र पुन र हरिकला थापा चयन हुनुभएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here