बागलुङ, ९ असोज । नेकपा (एकीकृत समाजवादी) पार्टी बागलुङको अध्यक्षमा लाल बहादुर थापा चयन हुनुभएको छ ।
शनिबार आयोजित जिल्ला भेला तथा कमिटी घोषणा कार्यक्रममा थापाको अध्यक्षतामा ७५ सदस्य जिल्ला कमिटी गठन गरिएको हो ।
कमिटीको उपाध्यक्षमा केशर छन्त्याल, सचिवमा भरत पुरी र सहसचिवमा चक्र थापा चयन भएका छन्भने महिला उपाध्यक्ष चयन गरिएको छैन । महिला उपाध्यक्ष पछिल्लो जिल्ला कमिटी बैठकमा पूर्णता दिने निर्वाचन कमिटीका सदस्य श्रीप्रसाद शर्माले बताउनुभयो ।
यस्तै सदस्यहरुमा इन्द्र बहादुर थापा, शालिकराम शर्मा, काजीमान श्रीस, सकस श्रीस, खगेन्द्र शर्मा, होमनाथ सापकोटा, प्रेम थापा, निरञ्जन विक, तुलकुमारी शर्मा, पार्वती सापकोटा, बल बहादुर नेपाली, पुष्पा शर्मा, नारायण शर्मा, चिन्तामणि जैसी, जीवन आचार्य, सुरज बोसेल, सुनित पुरी, प्रदिप जिसी, लाल बहादुर केसी, भूमिराज शर्मा, भूवन बोहोरा, ढोलेन्द्रराज शर्मा, पिङ्गलराज गौतम र फडेन्द्र खड्का चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा प्रदिप आचार्य, हरिप्रसाद सापकोटा, रञ्जन खान, रामप्रसाद सापकोटा, देउकला सापकोटा, राजन गौतम, सुरेन्द्र खड्का, खगराज शर्म, सिता छन्त्याल, नितु खड्का, बेदप्रसाद शर्मा, दिपक पुन समिर, कमल कार्की, श्याम पुन, याम बहादुर श्रीस, आशिष थापा, नर बहादुर विक, नविन थापा, इन्द्र बहादुर छन्त्याल, हिमाल श्रेष्ठ, हरि घर्ती, याम बहादुर विक, राजेश सापकोटा, जमुना श्रीस र संजिव थापा चयन हुनुभएको छ ।
बाँकी सदस्यहरु पछि थप गरिने निर्वाचन कमिटी सदस्य शर्माले बताउनुभयो ।
निर्वाचित पदाधिकारी र सदस्यहरुलाई नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश कमिटीका इन्चार्ज केशबलाल श्रेष्ठले सपथ ग्रहण गराउनुभएको थियो ।