
बागलुङ, ५ असोज । बागलुङको गल्कोट भलिबल टे«निङ सेन्टर कपिलवस्तुको चन्द्रौटामा जारी खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
राईजिङ स्टार युवा क्लवले आयोजना गरेको खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिताको मंगलबर भएको पुरुष तर्फको सेमिफाइनल खेलमा गल्कोटले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । गल्कोटले २५–१७, दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–१० को सोझो सेटमा जित हात पारेको थियो ।
गल्कोटले बुधवार उपाधिको लागि मणिमुकुन्द क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।
आजै भएको पहिलो सेमिफाइनल खेलमा मणिमुकुन्द क्लबले आयोजक राईजिङ स्टार युवा क्लवलाई ३–२ को सेटमा पराजित गर्दै फाइल प्रवेश गरेको थियो ।
प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार सहित ट्रफि, द्धितिय हुनेले ७१ हजार, तृतिय हुनेले ४१ हजार र सान्त्वना हुनेले २१ हजार साथमा प्रमाणपत्र प्राप्त गर्नेछन् ।









