
बागलुङ, ५ असोज । बागलुङ जिल्लाको जैमिनी नगरपालिका ७ जैदीमा चट्याङले लागेर १ जनाको मृत्यु भएकोछभने तीन जना घाईते भएका छन् ।
सोमबार साँझ परेको चट्याङले लागेर जैदीका ६० बर्षिय मुम बहादुर सार्कीको घटनास्थलमै मृत्युभएको वडा सदस्य केन्द्र रसाइलीले जानकारी दिनुभयो ।
रसाइलीका अनुसार ५७ बर्षिय लाल बहादुर नेपाली, ६० बर्षिय शहबिरे सार्की र मृत्तककी बुहारी १८ बर्षिया बिपना नेपाली घाईते भएका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको छ ।









