नेकपा (एकीकृत समाजवादी) पेशागत महासंघ बागलुङको अध्यक्षमा राना चयन

बागलुङ, ५ असोज । नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीले बागलुङमा संगठन विस्तारलाई तिब्रता दिएको छ । युवा संघ, महिला संघ गठन गरिसकेको नेकपा एसले सोमबार पेशाकर्मीहरुको छाता संगठन पेशागत महासंघ गठन गरेको छ ।

नेकपा (एकीकृत समाजवादी)मा आस्था राख्ने पेशाकर्मीहरु भेलाले सोमबार रिता रानाको अध्यक्षतामा २१ सदस्य पेशागत महासंघ बागलुङ जिल्ला कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा डोलेन्द्र शर्मा, सचिवमा कुलराज शर्मा, सहसचिवमा लक्ष्मी शर्मा, कोषाध्यक्षमा सकुन्तला थापा चयन भएका छन् ।

नेलामा एकीकृत समाजवादीका नेता श्रीप्रसाद शर्मा, जिल्ला संयोजक लाल बहादुर थापा, आधिकारिक टे«ड युनियन जिल्ला सदस्य रिता राना, त्रिभुवन विश्व विद्यालय कर्मचारी संघ धौलागिरी क्याम्पसका पूर्वसभापति डोलेन्द्रराज शर्मा, शिक्षक कुलराज शर्मा, स्वास्थ्यकर्मी लक्ष्मी शर्मा र अखिल नेपाल महिला संघ बागलुङ क्षेत्र नम्बर १ की सचिव नितु खड्काले मन्तव्य व्यक्त गरेका थिए ।

चुडामणी सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत मन्तव्य शालिकराम शर्मा र संचालन प्रदेश कमिटी सदस्य भूपाल चालिसेले गरेका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here