अन्तिममा सम्हालिन नसक्दा नेपाल फिलिपिन्ससँग पराजित

काठमाडौं, २ असोज । एफसी महिला एसियान कप छनोट अन्तर्गत समूहको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ ।

उज्वेकिस्तानको तास्केन्तमा भएको खेलमा नेपालले अन्तिम समयमा लगातार दुई गोल खाएपछि २-१ को हार बेहोर्यो । नेपालकी विमला चौधरीले खेलको दशौं मिनेटमा उनले सुरुवाती दिलाएकी थिइन् । तर पहिलो हाफमै घाइते भएपछि उनले ३९ अ‍ौं मिनेटमा मैदान छाडिन् ।

नेपालका लागि दोस्रो हाफमा मैदान प्रवेश गर्दै डिफेन्डर विमला विकले सिनियर टोलीबाट डेब्यु गरिन् । उनले ६३ अ‍ौं मिनेटमा पुजा रानाको स्थान लिएकी थिइन् ।

नेपालले खेलको ९० अ‍ौं र इन्ज्युरी समयको दोस्रो मिनेटमा गोल खाएको थियो ।

यस जितसँगै फिलिपिन्सले पहिलो खेलमा ३ अंक जोडेको छ । नेपालले अब अर्को खेलमा मंगलबार हङकङको सामना गर्नेछ । उक्त खेल जितेमा नेपाल एसियन कपका लागि छनोट सम्भावना जिवित रहनेछ । समूह विजेता सोझै एसियन कपको लागि छनोट हुने प्रावधान छ ।

नेपालले यसअघि १९८६, १९८९ र १९९९ मा पनि एसियन कप खेलेको थियो । सुरुवाती दुवै पटक प्रतियोगिता हङकङमा भएको थियो । नेपाल त्यसबेला सबै ६ खेलमा पराजित हुँदा गोल गर्न सकेको थिएन । १९९९ को प्रतियोगितामा भने नेपालले चौथो तथा अन्तिम खेलमा गोल गरेको थियो ।

एसियन कप छनोट भए नेपाल विश्वकप छनोटमा पनि अघि बढ्नेछ । एएफसीले विश्वकप छनोट हुने प्रक्रियाबारे प्रष्ट पारेको छैन, तर एसियन कपकै नतिजाले विश्वकपमा छनोट हुने भने उल्लेख गरिएको छ । एसियन कपमा छनोट भएमात्र विश्वकप छनोटमा अघि बढ्न सकिने पनि प्रष्ट छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here