ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते

तनहुँ, १ असोज । पृथ्वी राजमार्गअन्तर्गत जिल्लाको व्यास नगरपालिकास्थित मुसेखोलामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

बिहीबार राति साढे १२ बजे डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ७ ख ९२३७ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेको तनहुँ प्रहरीले जनाएको छ ।

सवारमध्ये ठेगाना र नाम नखुलेका अन्दाजी २९ वर्षका ट्रक चालकको मृत्यु भएको छ भने नवलपुर, कावासोतीका १४ वर्षका राजकुमार विक घाइते भएका छन् । घाइतेको सामान्य अवस्थामा दमौली रत्नहरि अस्पतालमा उपचार भइरहेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here