नालीमा भेटियाे मृत चितुवा

तनहुँ, ३१ भदौ । तनहुँको म्याग्दे गाउँपालिका-२ माथिल्लो गुणादीमा चितुवा मृत अवस्थामा भेटिएको छ । पृथ्वी राजमार्गको नालीमा चितुवा भेटिएको हो ।

करिब १२ वर्ष उमेरको भाले चितुवा मृत अवस्थामा फेला परेको सवडिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले बताए । ‘चितुवा सडेको अवस्थामा सडकको नालीमा फेला परेको हो । गन्हाउन थालेपछि स्थानीयले देखेर खबर गरेका थिए’, उनले भने ।

उनका अनुसार चितुवाको शरीरमा कुनै प्रकारको चोट देखिएको छैन । ‘नालीमा भएकाले पानीले पखालेर होला रगत पनि देखिँदैन । सडकमा गाडीसँग ठोक्किएर नालीमा खसेको पनि हुन सक्छ’, रानाभाटले भने । उक्त चितुवा कार्यालय परिसरमा गाडिएको उनले जानकारी दिए । तनहुँमा पछिल्ला वर्ष चितुवाको बिगबिगी बढ्दो छ  ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here