
बागलुङ, २७ भदौ । नेकपा एमाले बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले सम्पूर्ण कार्यकर्ताहरु पार्टी फुटको पक्षमा नभई एकताको पक्षमा लाग्नुपर्ने बताउनुभएको छ ।
काठेखोला गाउँपालिकामा आईतबार भएको अगुवा कार्यकर्ता भेलामा बोल्दै जिल्ला अध्यक्ष सापकोटाले पार्टी पुटलाई एमालेले कदापी स्विकार गर्न नसक्ने बताउनुभयो । उहाँले सवै कार्यकर्ताहरु एमाले एकताको पक्षमा रहेकोले जिल्लामा एकढिक्क रहने र केहि साथीहरु आवेशले नयाँ पार्टीमा जानु दुःखद रहेको बताउनुभयो ।
भेलामा नेकपा एमाले गण्डकी प्रदेश कमिटिका सदस्य हिराबहादुर केसी, जिल्ला सचिवालय सदस्य डिल्लीराज गौतम र हुमाकुमारी जिसी (अञ्जु)ले बोल्नुभएको थियो ।
नेकपा एमाले जिल्ला कमिटि बागलुङले भदौ ३१ गते जिल्ला सदरमुकाम बागलुङ बजारमा अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको छ । उक्त भेला सफल बनाउनको लागि एमालेले पालिका र वडा तहसम्म कार्यकर्ता भेला गर्ने निर्णय गरेअनुसार आईतबार काठेखोलामा अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको थियो । भेलामा गाउँपालिकाका ८ वटै वडामा एमालेको वर्तमान अवस्थाको विषयमा समेत वडागत छलफल गरिएको थियो ।
डिल बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको अगुवा कार्यकर्ता भेलाको संचालन काठेखोला–६ विहुँका वडाअध्यक्ष युक्तmप्रसाद कंडेलले गर्नुभएको थियो ।











