
बागलुङ, २४ भदौ । कोरोना भाइरस (कोभिड–१९)को कारण बागलुङमा थप एक पुरुषको मृत्यु भएको छ ।
कोरोना भाइरस संक्रमणको कारण बिहिवार गल्कोट नगरपालिका–४ हटियाका ६५ बर्षिय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
स्वास्थ्यमा समस्या देखिएपछि भदौ २० गते पिसिआर गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । उनको बागलुङ अस्पतालमा उपचारको क्रममा बिहिवार दिउसो ५ बजे निधन भएको फोकलर्सन घिमिरेले बताउनुभयो ।
उनलाई जटिल प्रकारको कोभिड निमोनियाको समस्या देखिएको थियो ।
यससँगै बागलुङमा कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या ७० पुगेको छ ।









