
बागलुङ, २४ भदौ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर ६ भकोटमा बिहिबार जीप र भ्यान ठोकिदा पाँच जना घाईते भएका छन् ।
बुर्तिवाङबाट पूर्वी रुकुम तर्फ जाँदै गरेको लु १ ज १९३४ नम्बरको जीप र विपरित दिशाबाट आएको ध १ ज ८०६ नम्बरको भ्यान एक आपसमा ठोकिदा पाँच जना यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक बिजय भण्डारीले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार निसीखोला गाउँपालिका वडा नम्बर ५ का २७ बर्षिय भ्यान चालक शेरबहादुर घर्ती, ढोरपान नगरपालिका वडा नम्बर २ सेराकी २७ बर्षिया अनिता पुन, निसीखोला गाउँपालिका वडा नम्बर ६ की ३८ बर्षिया सन्तकला घर्ती, दाङको घोराइ नगरपालिका वडा नम्बर १ का १७ बर्षिय गोपाल कार्की र बर्दियाको गुलरीया नगरपालिका वडा नम्बर १२ का १९ बर्षिया सन्दिप भण्डारी घाईते भएका छन् ।
घाईतेहरुको निसीखोला स्वास्थ्य क्लिनिकमा उपचार गरिएको जिप्रका बागलुङले जनाएको छ ।
-तस्विरः सिताराम बोहोरा









