कक्षा १२ को परिक्षा दिने विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने

बागलुङ, २३ भदौ । बागलुङ नगरपालिका भित्रका विद्यालयमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरुलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाइने भएको छ ।

बागलुङ नगरपालिकाले नगरभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा १२ को परिक्षामा सामेल हुने १८ वर्ष उमेर पुगेका परिक्षार्थीहरुलाई कोभिड–१९ विरुद्धको एस्ट्राजेनिका खोप लगाउने बताएको छ ।

पालिका भित्रका २२ वटा सामुदायिक र संस्थागत विद्यालयबाट कक्षा १२ को परिक्षामा सामेल हुने विद्यार्थीहरुलाई भदौ २५, २६ र २७ गते एस्ट्राजेनिका खोप लगाइने बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले बताउनुभयो । उहाँले तीन वटा खोप केन्द्रबाट १ हजार २ सय ८६ जना विद्यार्थीहरुलाई खोप लगाइने बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here