बागलुङमा कोरोना संक्रमणको कारण २० बर्षिया युवतीको मृत्यु

बागलुङ, २३ भदौ । बागलुङमा कोरोना भाइरस संक्रमणको कारण २० बर्षिय युवतीको मृत्यु भएको छ ।

गल्कोट कोभिड अस्पतालमा उपचाररत गल्कोट नगरपालिका वडा नम्बर ५ की २० बर्षिय युवतीको मंगलबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले बताउनुभयो ।

स्वास्थ्यमा समस्या देखिएपछि भदौ १७ गते एन्टिजेन परिक्षण गर्दा उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनलाई जटिल प्रकारको कोभिड निमोनिया र रगत क्यान्सरको समस्या रहेको फोकलपर्सन घिमिरेले बताउनुभयो ।

बागलुङमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६९ पुगेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here