विद्यार्थीलाई पोशाक वितरण

बागलुङ, २२ भदौ । जिल्लाको काठेखोला गाउँपालिका–४ तंग्राममा रहेको गणतन्त्र प्रथामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ ।

स्थानीय लाल बहादुर थापा र नैनकली थापाको छोरा बुहारी लाले थापा र नरमाया छन्त्याल थापाले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक सहयोग गरेका हुन् । पोशाक विद्यालयमा अध्यनरत ३० जना छात्र/छात्रालाई हस्तान्तरण गरिएको छ ।

विद्यालयलाई भूमि पुन र वोम बहादुर पुनको छोरा बुहारी श्याम बहादुर बुढा र पवि पुन विद्यालयलाई यूरो गाड सहयोग गरेका छन् । विद्यालयले पोशाक सहयोग गर्ने थापा र युरो गाड सहयोग गर्ने बुढा र पुनलाई सम्मान गरेको छ ।

कार्यक्रममा काठेखोला गाउँ कार्यपालिका सदस्य टिका सँगम बिक, धारा माध्यामिक विद्यालयका शिक्षक भीम बहादुर बिक, शिक्षा प्रेमी गंग बहादुर थापा र ताराखोला गाउँपालिका–२ का सचिव हरि बहादुर पुनले मन्तव्य व्यक्त गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम बहादुर पनको अध्यक्षतामा समपन्न कार्यक्रममा स्वागत विद्यालय व्यवस्थापन समिति सदस्य मनिप्रसाद थापा र सञ्चालन शिक्षक खड्क बहादुर थापाले गरेको शिक्षक कर्ण बहादुर पुनले बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here