शसस्त्र द्वन्द्वमा बेपत्ता भएकी निसीखोलाकी शुसिला भेटिइन

बागलुङ, २१ भदौ । शसस्त्र द्वन्द्वको समयमा बेपत्ता भएकी भनिएकी बागलुङ निसीखोला गाउँपालिकाकी एक महिला भेटिएकी छिन् । निसीखोला गाउँपालिका–४ की ४७ वर्षीया शुसिला शर्मा गलकोट नगरपालिका–१ दुदिलाभाटीमा भेटिएकी हुन् ।

उनी दुदिलाभाटीमा प्रेम कुँवरसँग विवाह गरि बसेको पाईएको छ । शुसिलाका दुई सन्तान रहेको समेत बताईएको छ ।

२०६२ साल मंसिर १६ गतेबाट बेपत्ता पारिएको भन्दै उनका पूर्व पति खुमलाल शर्माले जिल्ला प्रहरी कार्यालय बागलुङमा निवेदन दिए पश्चात विभिन्न सञ्चार माध्यममा समाचार आएसँगै उनी जीवितै रहेको चर्चा चलेको थियो ।

उनी शसस्त्र द्वन्द्वको समयमा बेपत्ता पारिनेको सूचीमा रहेकी छिन् ।

उनले प्रेम कुँवरसँग विवाह गरेको करिब ६ वर्ष भएको प्रेम कुँवरका छोरा सूर्य कुँवरले बताए । उनका हाल एक छोरा र एक छोरी रहेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here