बागलुङमा थप २० जनालाई कोरोना संक्रमण पुष्टि

बागलुङ, २० भदौ । बागलुङमा आईतबार थप २० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बागलुङका अनुसार आईतबार थप २० जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले आईतवार थप २० जनालाई संक्रमण पुष्टि हुँदा १० जना निको भएका छन् ।

घिमिरेले पिसिआर परीक्षणबाट बागलुङ नगरपालिकाका १० जना र अन्य ४ जना सहित एन्टिजेन परीक्षणबाट बागलुङ नगरपालिकाका १ जना, गल्कोट नगरपालिकाका ३ जना, बरेङ गाउँपालिकाका १ जना र तमानखोला गाउँपालिकाका १ जनालाई संक्रमण पुष्टि भएको बताउनुभयो ।

घिमिरेले आईतवार बागलुङमा ९७ जना सक्रिय संक्रमित रहेको बताउनुभयो । उहाँले ८७ जना होमआइसोलेसन र धौलागिरी अस्पतालको आइसोलेसनमा ३ जना, ताराखोला कोभिड अस्पतालमा १ जना, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र (अस्थायी कोभिड अस्पताल)मा २ जना, बरेङ कोभिड अस्पतालमा १ जना र गल्कोट प्राथमिक स्वास्थ्य केन्द्र (अस्थायी कोभिड अस्पताल)मा ३ जना संक्रमितहरु उपचाररत रहेको जानकारी दिनुभयो ।

सक्रिय संक्रमितहरु मध्य सबैभन्दा धेरै बागलुङ नगरपालिकामा ५१ जना रहेका छन् । काठेखोला गाउँपालिकामा १६ जना, अन्य ९ जना, गल्कोट नगरपालिकामा ९ जना, निसीखोला गाउँपालिका, जैमिनी नगरपालिका, बरेङ गाउँपालिकामा ३/३ जना, ताराखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा १÷१ जना सक्रिय संक्रमित रहेका छन् ।

बागलुङमा हालसम्म ७ हजार ५ सय ३३ जनालाई कोरोना संक्रमण हुँदा ७ हजार ३ सय ६८ जना निको भएका छन्भने ६८ जनाको निधन भएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here