पार्टी विभाजन दुर्भाग्य, गल्ती स्विकार्दै एकतामा लागौंः एमाले गलकोट

गल्कोट, १९ भदौ । नेपाल कम्युनिस्ट पार्टी एमाले गलकोट नगरकमिटीको बैठकले पार्टी बिभाजन प्रती दुख ब्यक्त गरेको छ । गलकोट नगर कमिटीको बैठकमा सहभागी अगुवा कार्यकर्ताहरुले पार्टी बिभाजन दुर्भाग्य भएको भन्दै नेतृत्वले आ–आफ्ना गल्ती स्विकार्दै एकतामा लाग्नुपर्ने बताएका थिए ।

कम्युनिस्ट पार्टी मिलेर बहुमतको सरकार बनाउन सफल भएको सफल हुदा हुँदै पनि ब्यक्तिगत स्वार्थका कारण एकता टिक्न नसकेको उनिहरुको आरोप थियो । नेकपा माओवादी केन्द्रसंगको एकता टुटेपनी पुर्व एमाले एउटैमोर्चामा रहेर अघि बढ्ने नेकपा एमाले गलकोट नगर संयोजक डम्बर श्रीसले बताउनुभयो ।

नेतृत्वको अहमताले पार्टी टुक्रिनु दुःखको कुरा हो े। उहाँले भन्नुभयो हामी सुर्य चिन्ह सहितको नेकपा एमालेको कर्याकर्ता हो, पदको लागि पार्टी फुटाउनेको पछि लाग्न सकिदैन ।एमाले बिभाजन पछि पदको ललिपपको अफर आएपनि बिभाजन अस्वीकार्य रहेको भन्दै आफू एमाले संस्थापनकै पक्षमा रहेको उहाँले बताउनुभयो ।

शिर्ष नेताको गल्ती कमजोरी सधै स्वीकार गर्न नसकिने र उनीहरुलाई सच्चिन मौका दिनुपर्ने नगर संयोजक श्रीसको भनाइ थियो । बैठकमा सहभागिहरुले एकताबद्ध एमालेमा जोडदिदै सुर्य चिन्ह सहितको सस्थापक एमालेको पक्षमा आफुहरु रहेको बताउनुभयो ।

पुर्व जिल्ला कमिटी सदस्य ओम सुनारले कम्युनिस्ट पार्टीहरु बिभाजन हुँदै जानू गलत भएको भन्दै एकताबद्ध एमालेमा समाहित भएर देश विकासमा अधि बढ्नुपर्ने बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here