काँगेस महाधिवेशन सफल बनाउन प्रेस युनियन बागलुङद्वारा जिम्मेवारी बाँडफाड

बागलुङ, १७ भदौ । नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशन सफल पार्नका निम्ती नेपाल प्रेस युनियन बागलुङले जिल्लाको प्रत्येक स्थानिय तहमा आफ्ना प्रतिनिधि खटाउनका साथै जिम्मेवारी बाँडफाँड गरेको छ ।

युनियन बागलुङका अध्यक्ष प्रदिप पन्तको अध्यक्षतमा विहिबार बसेको जिल्ला समितिको बैठकले वडा, स्थानिय तह, क्षेत्र र जिल्ला अधिवेशनलाई सफल पार्नका लागि जिल्लाका दशवटै स्थानिय तहमा प्रतिनिधि खटाएको हो । अधिवेशनको क्रममा भएका पार्टीका गतिविधिलाई आम संचार माध्ययमा ल्याउने र निर्वाचनमा सघाउनका निम्ती सवै स्थानिय तहमा प्रतिनिधि खटाइएको युनियन बागलुङका सचिव नारायण रिजालले जानकारी दिए ।

युनियनले काठेखोला गाउँपालिकामा भरतप्रसाद सापकोटा, गलकोट नगरपालिकामा युनियनका जिल्ला सदस्य शर्मिला बस्नेत, ताराखोला गाउँपालिकामा ईश्वर सुवेदी, बडिगाड गाउँपालिकामा सुरेश छन्त्याल, ढोरपाटन नगरपालिकामा छविलाल पाण्डे, तमानखोला गाउँपालिकामा नवराज नेपाली र निसीखोला गाउँपालिकामा डम्मर बुढालाई जिम्मेवारी तोकेको छ । त्यसैगरी बरेङ, जैमिनी र बागलुङ नगरपालिकामा उपाध्यक्षद्धय संगम घर्ति र सुवास आचार्य सचिव नारायण रिजालले हेर्न गरी जिम्मेवारी बाँडफाड गरिएको युनियन बागलुङका अध्यक्ष प्रदिप पन्तले जानकारी दिए । ‘पार्टीको अधिवेशन काँग्रेसका भातृ एवं सुवेक्षुक संस्थाका लागि पनि एउटा उत्सव नै हो ।, अध्यक्ष पन्तले भन–‘यो उत्सवलाई सफल पार्नका निम्ती हामी आफ्नो जिम्मेवारी पुरा गर्नेछौं । यो अवधीमा खटिएका साथीले विभिन्न संचार माध्ययम सँग समन्वय गरी अधिवेशनको प्रचार प्रसारका साथै सूचना सम्प्रेशणमा मद्धत गर्नुहुनेछ ।

युनियनले जिल्ला अधिवेशनको मिति नजिकिँदै जाँदा सभापति र अन्य पदका उम्मेदवारहरु सँग क–कस कार्यक्रम गर्ने समेत निर्णय गरेको अध्यक्ष पन्तले जानकारी दिए । बैठकमा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य ज्ञानेन्द्र गौतमले युनियनको केन्द्रिय निर्देशनका बारेमा जानकारी दिँदै काँग्रेसको अधिवेशनलाई सफल पार्नका हामी सवै लाग्नुपर्ने बताए । उनले पार्टीको जिल्ला तहको नेतृत्वमा आउनका लागि वडा तहबाट नै प्रतिनिधि भएर आउनका लागि युनियनमा आवद्ध साथीहरुलाई आग्रह गरेका थिए । बैठकमा युनियनका केन्द्रिय प्रतिनिधि श्रीधर कंडेल, धनराज सापकोटाले पनि आफ्ना धारणा राखेका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here