
बागलुङ, १७ भदौ । जिल्ला निर्वाचन कार्यालय बागलुङले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गर्न इच्छुक जनप्रतिनिधिलाई बोलाएको छ ।
बागलुङका १० वटै स्थानीय तहलाई पत्र पठाउँदै निर्वाचन कार्यालयले सनाखत गर्न इच्छुक जनप्रतिनिधिलाई बोलाएको हो । निर्वाचन आयोगले भदौ २२ गतेसम्म नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पाटी रोज्न पाउने व्यवस्था लागू गरेको छ । सोहि अनुसार स्थानिय तहलाई पत्रचार गरिएको जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख ओमनारायण ढुंगानाले खबरवेडटकम अनलाईनलाई जानकारी दिनुभयो ।
बागलुङका कुनै पनि जनप्रतिनिधि सनाखतको लागि बिहिबारसम्म कार्यालयमा उपस्थित भएका छैनन् । ‘सनाखतको लागि कार्यालयमा उपस्थित हुन मंगलबार जिल्लाका १० वटै स्थानीय तहमा पत्रकार गरिएको छ,’ कार्यालय प्रमुख ढुंगानाले भन्नुभयो–‘बिहिबारसम्म कुनै जनप्रतिनिधिहरु सनाखतको लागि आउनुभएको छैन ।’
प्रमुख ढुंगानाले स्थानीय तहलाई पत्रचार पछि बागलुङ नगरपालिकाले आफ्ना सवै वडालाई उक्त पत्रकारको बारेमा जानकारी गराएको बोदार्थ पठाएपनि अन्य पालिकाबाट कुनै जानकारी प्राप्त नभएको बताउनुभयो ।









