
बागलुङ, १६ भदौ । बागलुङमा कोरोना संक्रमणको कारण थप एक पुरुषको मृत्यु भएको छ ।
बागलुङ नगरपालिका वडा नम्बर १ का ७९ बर्षिय एक पुरुषको कोरोना संक्रमणको कारण बुधबार दिउँसो उपचारको क्रममा धौलागिरी अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
कोरोना भाइरसको लक्षण देखिएपछि भदौ ११ गते अस्पताल भर्ना भएका उनको एन्टिजेन परीक्षण गर्दा कोभिड संक्रमण पुष्टि भएको थियो । उनलाई जटिल प्र्रकारको कोभिड निमोनिया लगायतको समस्या रहेको फोकलपर्सन घिमिरेले बताउनुभयो ।
बागलुङमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।









