
बागलुङ, १५ भदौ । बागलुङमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । पछिल्लो तीन आर्थिक बर्षको तथ्याङ्क अनुसार आत्महत्या गर्नेको संख्या बार्षिक बढ्दै गएको देखिन्छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७७/७८ मा ३७ आत्महत्याका मुद्धा दर्ता छन् । आब ०७५/७६ मा ४५, आब २०७६÷७७ मा ४७ जनाले आत्महत्या गरेको प्रहरी निरीक्षक बिराट शर्मा पौडेलले जानकारी दिए ।
तीन बर्षको अवधिमा झुण्डिएर आत्महत्या गर्नेको संख्या एक सय ११ छ । अन्यले विष सेवन तथा हामफालेर आत्महत्या गरेका थिए । झुण्डीएर आत्महत्याका १५ मुद्धा फस्यौट भएका छन् भने २८ मुद्धा अझैै फस्यौट हुन बाँकी छन् । बिष सेवन आत्महत्याका ४ वटै मुद्धा फस्यौट हुन बाँकी रहेको प्रहरीक्षक पौडेलले बताए ।
घरेलुहिंसा, मानसिक तनाव जस्ता कारणले आत्महत्या गर्नेको संख्या बढ्दै गएको प्रहरीको निष्कर्ष छ । गरिवी, बेरोजगारीको कारण उत्पन्न निरास र तनावबाट मुक्त हुन आत्महत्याको बाटो रोज्ने गरेको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरको भनाई छ ।
‘आत्महत्याको ठ्याक्टै कारण पहिचान गर्न कठिन छ’ उनले भने–‘पछिल्लो समय अनौतिक सम्बन्धका कारण पनि आत्महत्या गरेको पाइन्छ । अनौतिक यौन सम्बन्ध राख्ने र उक्त कुरा बाहिर आउने डरले आत्महत्याको बाटो रोज्ने गरेको उनले बताए ।
धौलागिरी अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ‘ओसिएमसि’ले आत्महत्याको प्रयास गर्ने व्यक्तिहरुलाई परामर्श दिँदे आएको छ । ओसिएमसिकी प्रमुख तथा नर्सिङ अधिकृत देवी भट्टराईका प्रेममा धोका पाए पछि आत्महत्या गर्ने क्रम बढ्दै बताईन । आत्महत्याको प्रयास गर्ने प्रायः २५–४५ उमेर समुहका छन् ।









