गलकोटमा जीप दुर्घटना, ६ जना घाइते

वनकला खत्री ‘सरिता’
।बागलुङ, १३ भदौ । गल्कोट नगरपालिका वडा नम्बर २ मौरियामा आज (आइतवार) दिउँसो जीप दुर्घटना हुँदा ६ जना घाईते भएका छन् ।

बागलुङ बजारबाट गल्कोट जाँदै गरेको ध १ ज ८८ नम्बरको जीप दुर्घटना हुँदा गल्कोट नगरपालिका–१ दुदिलाभाटीकी १६ बर्षिया मनिसा सुनार, ५० बर्षिया कोपिला वि.क. र उहाँकी २५ बर्षिया छोरी सित वि.क., बागलुङ नगरपालिका–१२ अमलाचौरकी २८ बर्षिया निता पौडेल पन्त, बागलुङ नगरपालिका–५ की ३८ बर्षिया सुन्तली बोहोरा, पर्वत जिल्ला जलजला गाउँपालिका–८ की ३४ बर्षिया देवी खत्री घाईते हुनुभएको प्रहरी चौकी हटियाका प्रमुख बाबुराम पुरीले जानकारी दिनुभयो ।

घाइतेहरुको अहिले आरोग्य अस्पताल गलकोटमा उपचार भैरहेको छ । घाइते मध्ये कोपिला बि.कको टाउको तथा खुट्टा र सिता बि.कको निधार र नाकमा गम्भिर चोट लागेकाले मनिपाल शिक्षण अस्पताल पोखरामा रिफर गरिएको आरोग्य अस्पतालका सञ्चालक डा. टंकप्रसाद चालिसेले जानकारी दिनुभयो ।

अन्य घाइतेहरुको अवस्था सामान्य रहेको अस्पताले जनाएको छ । जीप अनियन्त्रीत भई भित्तामा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here