माधव नेपाललाई याेगेश भट्टराईकाे जवाफ: आफैसँग भएकालाई अध्यक्ष बनाए हुन्छ

काठमाडाैँ । नेकपा एमालेका सचिव याेगेश भट्टराईले आफैसँग रहेका नेताहरुलाई अध्यक्ष बनाएर उदाहरण देखाउन नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई सुझाव दिएका छन् ।

अध्यक्ष नेपालले केपी ओलीलाई छाेडेर दाेस्राे पुस्ताका नेताहरु आफ्नाे पार्टीमा आए अध्यक्ष बनाउन तयार रहेकाे शनिबार बताएका थिए ।

अध्यक्ष नेपालकाे उक्त प्रस्ताव स्वागतयाेग्य रहेकाे बताउँदै एमाले सचिव भट्टराईले आफैसँग रहेका नेताहरुलाई उक्त अवसर दिएर उदाहरण देखाइदिए झनै राम्राे हुने बताएका हुन् ।

‘राम्रो कुरा हो, स्वागत गर्दछु । आफैसँग भएकालाई बनाएर, उदाहरण देखाइदिए झनै राम्रो हुने थियो’, माधव नेपालकाे नाम नलिएरै याेगेशले ट्विट गरेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here