तेक्वान्दो संघ बागलुङको अध्यक्षमा बोहरा चयन

बागलुङ, १२ भदौ । बागलुङ जिल्ला तेक्वान्दो संघको चौथो जिल्ला अधिवेशन सदरमुकाम बागलुङ बजारमा सम्पन्न भएको छ ।

अधिवेशनले कर्णबहादुर बोहराको अध्यक्षतामा नौ सदस्य जिल्ला समिति गठन गरेको हो । संघको उपाध्यक्षमा ओमकार थापा, सचिवमा नन्दु विष्ट, कोषाध्यक्षमा कल्पना श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

निर्वाचन समितिका संयोजक राम शर्माका अनुसार संघको सदस्यमा टकबहादुर बोहरा, चन्द्र गर्वुजा, कृष्ण केसी, अरविन थापा र तार्जन कायत मगर चयन हुनुभएको छ । नयाँ समिति सर्वसम्मतबाट निर्वाचित भएका थिए ।

कार्यक्रममा बोल्दै नेपाल तेक्वान्दो संघका केन्द्रीय उपाध्यक्ष हरिश्वर पोखरेलले खेलकुद क्षेत्र राज्यको प्राथमिकतामा नपरेको बताउनुभयो । खेलकुदलाई व्यवसायिक बनाउन राज्यले लगानीमा बृद्धि गर्नुपर्नेमा जोडदिनुभयो ।

‘खेललाई सधै मेडलसँगमात्र तुलना गर्नु उपयुक्त होईन’ उहाँले भन्नुभयो–‘अन्तर्राष्ट्रिय स्तरको खेलकुद विकास गर्न त्यही अनुरुपमा राज्यको लगानी आवश्यक छ । तेक्वान्दो संघ गण्डकी प्रदेशका अध्यक्ष जघन गुरुङले खेलकुद प्रशिक्षकको रोजगारी ग्यारेन्टी गर्ने बातावरण सबै तहका सरकारले ध्यानदिनुपर्ने बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here