छोरा छोरीको जन्म : सुख, दुःख र खुसीको आमधारणा

टिका बहादुर कार्की
जब मानिसको बिवाह हुन्छ, उसलाई पहिलो सन्तान छोरा, नभए दोस्रो, तस्रो वा दर्जनौं छोरी जन्मे पनि एउटो घोर्ले छोराको चाहना हरेक बाबु आमाले पालिराखेका हुन्छन् । बाबु आमाका लागी छोरीको देन हुँदैन भन्ने आजपर्यन्त कायम आम मानिसको अवधारणा सन्दर्भमा चर्चा गरौं ।

छोराका लागी निकै धन खर्च गरिन्छ अनि भैसीका लागी वन पनि मासिन्छ । तर, “जसका छोरा उसको धन, जसका भैंसी उसको बन” भनेर प्रचलित हाम्रो परम्परागत उखान अब उखानकै रुपमा बखान गर्दै छोरीको देनलाई धज्जी उडाउने उखाने बुढाहरुलाई छोरीले नै दाहसंस्कार तथा किरिया कर्म गरेर पितृ सतात्मक परम्परालाई चुनौती दिन लागेपछि हराउन थालीसके ति थोत्रा गला बजाउनेहरु । दर्जनौ छोरीको जन्म दिंदा दिदा कमजोर भैसकेकी श्रीमतीलाई छोरा नपाएको निहुँमा यातना दिने, पुनःबिहे गर्ने मात्र होईन ति बिचरी सुत्केरी श्रीमती र निर्दोष छोरीहरुलाई राम्रोसंग खान लाउन दिन नसक्नेले छोराका लागी धुमधामसंग सप्ताह लगायतका यज्ञ गर्न पछी पर्दैनन् । सहबासका बेला पुरुषको x र महिलाको y क्रोमोजोमको संयोगले महिलाको डिम्वासयमा प्रवेश पाएमा छोरा र महिला पुरुषको xx वा yy एकै खाले क्रोमोजोमको संयोगले छोरी जन्मिन सक्छ भन्ने बिज्ञानले प्रमाणित गरेको दशकौं भैसक्यो । आजसम्म यो कुरा परिवार हँुदै समाजलाई बुझाउन नसक्नु, नबुझ्नु वा बुझ्न नचाहनु व्यक्ति, परिवार, समाज र राज्य पक्ष सबैको कमजोरी हो । यसका पछाडीका केही कारण सम्बन्धमा चर्चा गरौं ।

बिबाह पश्चात छोरी पराइका घरमा जान्छे, उसलाई पढाएर के काम, बरु खाना पकाउने लगायतका घरधन्दाको काम सिकाउनुपर्छ भन्ने परम्परागत धारणा र व्यवहारका कारण अहिलेसम्म अधिकांश गृहिणी महिलाहरु अशिक्षित वा कम साक्षर हुँदा पतिको घर धन्दा चलाई रहेका छन् । छोरीको तुलनामा राम्ररी पढाएका छोराहरु सबैले बाबु आमाबाट पैत्रिक सम्पत्ती हात पारे पनि बाबु आमालाई स्याहार सुसार गर्ने कमै मात्र छन् । बाबु आमा बिरामी हुँदा वा देहान्त हुँदा माईतीमा आएरै भएपनि छोरीले सेवा गर्ने र डांको छोडेर रुने मात्र होईन दाहसंस्कारका साथै पुरा अबधि कोरामा बसेर कृया गरेको पाईन्छ । ज्वाइ, छोरी, भान्जाभान्जी र छोरीका नातीसम्म तीन पुस्ताले आफ्ना पितृ श्राद्धका अवसरमा माईती वा ससुराली तर्फका ३ पुस्तालाई पिण्डदान गर्ने धार्मिक परम्परा जुन छोरा पक्षबाट पनि तिनै पुस्ता पिण्डदान गर्ने हँुदा मरेका पितृले पिण्ड खान नपाएर कुनै अनर्थ भएको पाईदैन ।

छोरीलाई मात्र होईन छोरालाई पनि घर धन्दा लगायतका काम सिकाउदै समान रुपले शिक्षादिक्षा र अवससरको उपयोग गर्दै साक्षर मात्र होईन दक्ष बनाउनु आजको आवश्यकता हो । पुरुषहरु होटल रेष्टुरेन्टमा कुक, सेफ, वेटर, क्लीनर हँुदै पैसाका लागी घर बाहिर काम गर्न हुने, घरमा चाही महिलाले मात्र, अन्याय वा पक्षपात भएन र ? माईतीमा हुँदा वा घरमा जहाँ गएपनि घर धन्दा, संस्कार चलाउने छोरी जन्मिदा हामी खुसी हुनुपर्ने हो, तर बिडम्बना यस्तो हुन सकिराखेको छैन र त बर्ष भरीको गुनासो स्वरुप तीजको अवसरमा चेलीबेटीको बिलाप युक्त गित सुन्नु परिराखेको छ । बुहारीलाई छोरी समान मानेर पतिका घरानिया र नातेदारबाट मानबीय व्यबहार हुँदाका स्थितिमा ति घर जिउदै स्वर्ग समान भैराख्नुको पछाडी छोरी जातीकै योगदान रहेको हुन्छ ।

छोराबाट त्यागिएका माता पिताको संरक्षक, मानव आश्रम संचालक अधिकांश महिला अर्थात छोरी नै छन् भने हामीले बिद्या, धन र शक्तिको पुजा गर्ने सरस्वती, लक्ष्मी र दुर्गा भगवतीलाई माताकै सम्मान गर्छौ । त्यसैगरी मृत्यु पश्चात पुत्रको हातबाट पिण्ड प्राप्त गरि बैकुण्ठ बासको कामना गर्ने कुण्ठित मानसिकता बोकेर दुःखी भैरहनुको सट्टा छोरा वा छोरी हुनु कारण बुझौ, बुढेसकालमा सहारा दिने छोरी पनि हुन सक्छन् । मानसिक रुपमा दुखी भैरहँदा भौतिक सुखको कुनै अर्थ रहंदैन । यसर्थ, नजिकिदै आईरहेको महान चाड तिज, बडा दशै लगायतका चाडपर्व जसरी जन्मदेखि नै छोरीलाई कन्याको रुपमा पुजा गरे सरी उनीहरु प्रति खुसी रहनुमा नै वास्तविक सुख महशुस हुन सक्छ । बाँकी यहाँहरुकै जिम्मा ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here