आजकाे माैसम : यी तीन प्रदेशमा धेरै भारी वर्षाकाे सम्भावना

काठमाडौं । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्युन चापिय रेखा नेपालको तराई भूभागको  नजिक रहेकाले बिहीबार दिउँसो देशभर बदली रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।

महाशाखाका अनुसार दिउँसाे धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, २,  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना पनि रहेकाे महाशाखाले नियमित बुलेटिनमा उल्लेख गरेकाे छ । प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना पनि रहेको देखिन्छ ।

राति प्रदेश १, २,  बागमती, गण्डकी, लुम्बिनी  प्रदेशका  थोरै र बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १, २, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार प्रदेश १, २, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना छ । ती प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको  सम्भावना छ ।