माओवादीसँँग पार्टी एकता गरेर मुलुककै ठूलो दल बनाउछौंः मेटमणि चौधरी

काठमाडौं । प्रस्तावित एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले चार महिनाभित्र आफुहरुको पार्टी मुलुककै ठूलो दल बन्ने दाबी गरेका छन् ।

आज बुधबार निर्वाचन आयोगमा पत्रकारहरुसँग कुरा गर्दै सो पार्टीका नेता चौधरीले यस्तो बताएका हुन् । उनले माओवादी केन्द्रसँग् पार्टी एकता गर्ने समेत पत्रकारहरुलाई बताएका छन् ।

चौधरीले भने, “प्रचण्ड, मोहन वैद्य, विप्लवदेखि उपेन्द्र यादवसम्म एकता हुन्छ,” त्यसपछि हामी मुलुककै ठूलो पार्टी बन्छौँ ।” अपेक्षा गरेको भन्दा धेरै सांसदको सनाखत भएको उनको भनाइ थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here