
बागलुङ, १ भदौ । कोरोना संक्रमणको कारण बागलुङमा थप एक महिलाको मृत्यु भएको छ ।
स्वास्थ्यमा समस्या भएपछि पिसिआर परिक्षण गर्दा आईतबार कोरोना संक्रमण पुष्टि भएकी बागलुङ नगरपालिका १२ की ७० बर्षिया महिलाको सोमबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
कोरोना संक्रमणपछि उपचारको लागि आईतबार पोखरा लगिएको उनको कुनै पनि अस्पतालले भर्ना नलिएपछि सोमबार बागलुङको धौलागिरी अस्पतालमा उपचारको लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको फोकलपर्सन घिमिरेले जानकारी बताउनुभयो । उहाँले संक्रमित महिलाको सोमबार दिउँसो २ बजे बानपा–१ मालढुंगा आइपुग्दा मृत्यु भएको जानकारी दिनुभयो ।
बागलुङमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ ।









