बागलुङमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक युवाको मृत्यु

बागलुङ, ३२ साउन । बागलुङमा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर ५ सिमाकका २२ बर्षिय रमेश पाईजाको आईतबार करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

सोहि स्थानमा बस्ने फुपु (दिदी)को घरमा मोबाइृृल चार्ज गर्ने क्रममा अचानक विद्युत सट भई पाईजाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो ।

स्थानियले आईतबार दिउँसो २ बजेर २० मिनेटमा पाईजाको करेन्ट लागेर मृत्यु भएको जानकारी गराएपछि प्रहरी चौकी ग्वालिचौर र इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरिक्षक जयराम वन्तको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरेको थियो ।

प्रहरीले मृत्तक पाइजाको शब पोष्टमाटमको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा लगिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here