
बागलुङ, २९ असार । बागलुङ नगरपालिका वडा १ बाङ्गेचौरमा अटोरिक्सा दुर्घटना हुँदा पाँच जना घाईते भएका छन् ।
बागलुङ नगरपालिका वडा नम्बर २ धौलागिरी चोकबाट कालिका भगवती मन्दिर दर्शनका लागि यात्रु लिएर जाने क्रममा ध १ ह २ नम्बरको अटोरिक्सा दुर्घटना हुँदा चार जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।
प्रनाउ हवारीले अटोरिक्सा दुर्घटना हुँदा काठेखोला गाउँपालिका–१ करिनाका ३८ बर्षिया सन्तु वि.क. १७ बर्षिय सुश्मा विक, अक्षेते बस्ने ३१ बर्षिया गिता विक, बागलुङ नगरपालिका–१२ की ४२ बर्षिया मिना पौडेल र बानपा–३ गुठी घर भएका चालक ५८ बर्षिया दल बहादुर रुचाल घाईते भएको बताउनुभयो । घाईतेहरुको धौलागिरी अस्पतालमा उपचार भइरहेको छ ।









