गल्कोटमा चितुवाको आक्रमणबाट एक जना घाईते

बागलुङ, २९ असार । बागलुङ जिल्लाको गल्कोट नगरपालिका वडा नम्बर ८ काँडेवासमा चितुवाले आक्रमण गर्दा एक युवा घाईते भएका छन् ।

मंगलबार विहान १० बजेर ४० मिनेटमा गल्कोट नगरपालिका–८ काडेबासकाका ३७ बर्षिय रविन दर्लामीलाई चितुवाले आक्रमण गरी घाईते बनाएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । छिमेकी ओमदत्तको खाली घरमा राखेको हलो लिन जाने क्रममा घरबाट चितुवा निस्की आक्रमण गरी दर्लामीलाई घाईते गराएको प्रहरीले जनाएको छ ।

घाईते दलार्मको दाहिने हात, घाटिमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनको आरोग्य अस्पताल हटियामा उपचार भइरहेको छ । चितुवा खाली घर भित्र नै रहेको सूचनाको आधारमा प्रहरी चौकी हटियाबाट प्रहरी नायव निरिक्षक (प्रनानि) बाबुराम पुरीको कमाण्डमा ५ जनाको टोली घटनास्थलमा जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here