
काठमाडौं, २१ असार । नेपालमा कोरोना संक्रमण दर अझै स्थिर अवस्थामा रहेको छ । तर, मत्युमा भने कमी आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ११५२७ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा २६२२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार थप २३ जनाको मृत्यु भएको छ ।
२४ घण्टामा २२११ जना संक्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ९४ दशमलव ६ प्रतिशत रहेको छ भने हालसम्म ९२४८ जनाको मृत्यु भएको छ ।









