कानको समस्याले निम्त्याउँछ मानसिक रोग

कान नसुन्ने समस्या (हियरिङ लस)बाट पिरोलिरहनुभएको छ भने  मानसिक  तनाव  उत्पन्न  हुनसक्नेमा सचेत रहनुहोला । कान नसुन्ने समस्याले पनि मानसिक रोग निम्त्याउँछ ।

निजामती कर्मचारी अस्पतालका नाक, कान, घाँटी विशेषज्ञ  डा. निर्मला तामाङले कान नसुन्ने समस्याका कारण धेरैमा मानसिक रोगको समस्या देखिएको जानकारी दिइन् ।

उनले भनिन्, “धेरै  बिरामीले कान नसुनेकै कारण एन्टी डिप्रेसनको औषधि खानुपरेको छ ।” यस्तो समस्या ४० वर्ष उमेर नाघेपछि हुने बताउँदै उनले यस्तो समस्याका कारण बिरामी विभिन्न रोगको सिकार बन्नुपरेको बताइन् ।

‘हियरिङ  लस’ भएपछि अरूका कुरा सुन्न र उत्तर दिन सकिँदैन, त्यसैले उनीहरू समाजसँग अलग बस्न रुचाउने हुन्छ । बिरामीमा हिनताबोध र एकल महसुस हुन्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here