
बागलुङ, १८ असार । रोना महामारीको दोस्रो लहरका कारण प्रभावित भएको जिल्लाको काठेखोला गाउँपालिकामा पत्रकार महासंघ बागलुङले स्वास्थ्य सचेतना तथा स्वास्थ्य सामग्री हस्तान्त्रण गरेको छ ।
महासंघका पदाधिकारीसहित पत्रकारहरुको समुहले गाउँपालिका बिभिन्न गाउँहरुमा पुगेर स्वास्थ्यका मापदण्ड सम्बन्धि सचेतना मुलक सन्देश दिँदै स्वास्थ्य सामाग्री बाँडेको हो ।
गाउँपालिकालाई महामारीबाट बच्नका लागि स्वास्थ्य सामग्री हस्तान्त्रण गरेको अध्यक्ष नरेश कँडेलले बताए । महासंघले बिभिन्न संघ संस्था तथा व्यक्तिहरुको सहयोगमा गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको हो । वडातहमा पुगेर बिकास निर्माण र त्यसको प्रभावका बिषयमा खोज ीगर्ने योजना बनाएको महासंघले कोरोना महामारीका कारण आफ्नो कार्यक्रम परिवर्तन गरेर स्वास्थ्य सचेतनामा लागेको कँडेलले बताए ।
गाउँपालिकाको स्वास्थ्य शाखामा रहनेगरी एक थान अक्सिजन कन्सन्टेटर हस्तान्त्रण गरिएको छ । काठेखोलाकै लेखानी स्वास्थ्य चौकीका लागि अर्को एक थान कन्सनटेटर उपलव्ध गराईने कँडेलले बताए ।
त्यस्तै तीन थान अक्सीमिटर, २ थान थर्मल गन र २ हजार ५ सय थान मास्क लगायतका सामग्री सहयोग गरेको उपाध्यक्ष नविन शिशिरले बताए । सामग्री हस्तान्त्रण कार्यक्रममा गाउँपालिका अध्यक्ष अमर थापाले असजिलो परेका बेला सघाएको भन्दै पत्रकार महासंघ र गाउँपालिकाको सहकार्य सधैं रहिरहने बताए ।
थापाले सञ्चार माध्यामहरु मार्फत प्रवाह भएका सूचना र सन्देश तथा समाचारका कारण कोरोना बिरुद्धको लडाईंमा सहयोग पुगेको दावी समेत गरे । महासंघले बिहिबार गलकोट नगरपालिका र त्यसअघि ताराखोला गाउँपालिकामा स्वास्थ्य सचेतनाका साथै स्वास्थ्य सामग्री हस्तान्त्रण गरेको थियो ।









