
काठमाडौं, १८ फागुन । पछिल्लो २४ घन्टामा २२ सय ९९ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालमा परीक्षण गराएका १० हजार ५९६ नमूनामा २२ सय ९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
६५ सय ६६ नमूनाको पीसीआर र ४ हजार ३० नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो । जसमा पीसीआर विधिबाट १३ सय ९१ जनामा र एन्टिजेन विधिबाट ९०८ मा कोरोना संक्रमण देखिएको हो ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ३४ सय ५१ जना संक्रमणमुक्त भएका छन् भने ३४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार १७९ पुगेको छ ।









