स्थापना दिवसमा मानवसेवा आश्रमलाई स्वास्थ्य सामाग्री सहयोग

बागलुङ, १६ असार । नेपाल स्वास्थ्य प्राविधिक संघको स्थापना दिवसको अवसरमा मावन सेवा आश्रम बागलुङलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको छ ।

 

संघको ४३ औं स्थापना दिवसको अवसरमा नेपाल स्वास्थ्य प्राविधिक संघ जिल्ला समिति बागलुङले बुधबार मानवसेवा आश्रमलाई स्वास्थ्य सुरक्षा तथा सरसफाईका सामाग्री वितरण गरि मनाएको हो । सामाग्री हस्तान्तरण कार्यक्रममा आश्रमलाई मास्क, सेनिटाइजर, हारपिक लगायतका स्वास्थ्य सामाग्री संघका केन्द्रिय उपाध्यक्ष रामप्रसाद खनाल, केन्द्रिय सचिब डिल्ली प्रसाद आचार्य, कर्मचरीहरुको आधिकारिक टे«ड युनियनका अध्यक्ष तेज प्रसाद निउरे, संघ बागलुङका अध्यक्ष सोमराज पाण्डे लगायतले हस्तान्तरण गर्नुभएको थियो ।

सामाग्री हस्तान्तरण पछिसंघका केन्द्रिय उपाध्यक्ष रामप्रसाद खनाल, केन्द्रिय सचिब डिल्ली प्रसाद आचार्य र कर्मचरीहरुको आधिकारिक टे«ड युनियनका अध्यक्ष तेज प्रसाद निउरेले मन्तव्य व्यक्त गर्नुभएको थियो । उहाँहरुले कोरोना महामारीमा अग्रपक्तिमा खटिरहेका स्वास्थ्यकर्मीले मानव सेवा आश्रमलाई सहयोग गर्नु राम्रो काम रहेको बताउनुभयो । उहाँहरुले स्वास्थ्यकर्मीले कोरोना महामारीमा अग्रपक्तिमा रहि सेवा गर्नुको साथै स्थापना दिवसमा सहयोग गरी स्वास्थ्यकर्मी सहयोगमा पनि साथमै छन् भन्ने सन्देश दिएको बताउनुभएको थियो ।

नेपाल स्वास्थ्य प्राविधिक संघ जिल्ला समिति बागलुङका अध्यक्ष सोमराज पाण्डेको अध्यक्षतामा सम्पन्न भएको स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष ऋषि शर्मा र संचालन सचिव विष्णु सापकोटाले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here