अधिकृत विक्रेता संघ धौलागिरीद्वारा कोरोना विरुद्धको खोप माग

सुवास आचार्य
बागलुङ, १६ असार । धौलागिरी अधिकृत विक्रेता संघ धौलागिरी नेपालले संघमा आवद्ध व्यवसायी तथा कर्मचारीलाई विरुद्धको खोपको व्यवस्था गर्न माग गरेको छ ।

संघले अत्यावश्यक खाद्यान्न तथा सरसरफाइका सामाग्रीहरु जिल्लाका पहसहरुमा पु¥याइरहेकोले जोखिमलाई मध्यनजर गरी कोभिडको फन्ट लाईनमा रहेकाले उनीहरुलाई कोरोना विरुद्धको खोप लगाउने व्यवस्था मिलाउन सरकारसंग माग गरेका छन् ।

धौलागिरी विक्रेता संघका अध्यक्ष बद्री ढुंगाना, निवर्तमान अध्यक्ष कमल प्रसाद श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष प्राणनाथ गौतमले बागलुङका प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीलाई भेटी खोपको व्यवस्थामा आवश्यक सहजिकरण गरिदिन माग गदै ज्ञापनपत्र बुझाएका थिए ।

नेपाल सरकारको नियमानुसार उच्च जोखिममा रहेका र अत्यावश्यक सेवा उपलव्ध गराउने संघसंस्था अन्र्तगतका व्यक्तिहरुलाई पहिलो प्राथकिमतामा राखी खोप दिने नीति अनुसार आफुहरु र आफ्ना कर्मचारीलाई कोभिड–१९ विरुद्धको खोप उपलव्ध गराउन सहज परिस्थिति सिर्जना गरिदिन अनुरोध गरेको छ । संस्थामा धौलागिरी भित्रका ८० जना व्यवसायी मध्य बागलुङमा ४०, म्याग्दीमा २० र पर्वतमा २० जना आवद्ध रहेको जनाएको छ ।

अधिकृत विक्रेता संघ धौलागिरी नेपालले न्यूनतम ६ जना देखि अधिकतम १५ जनासम्म कर्मचारीले सेवा दिइरहकोले जोखिमलाई मध्यनजर गरी खोप व्यवस्थापन गर्न माग गरेको हो । ज्ञापनपत्र वुझ्दै बागलुङका प्रमुख जिल्ला अधिकारी कार्कीले व्यसायीको ज्ञापनपत्र सम्वन्धीत मन्त्रालयमा पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here