कोरोना संक्रमणबाट थप ४१ जनाको मृत्यु पुष्टि, २८१२ जना संक्रमित

काठमाडौं, १६ असार । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट ४१ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ११२ पुगेको छ ।

मन्त्रालयका अनुसार बुधवार ११ हजार ५६८ जनाको कोरोना परीक्षण गरिएकोमा २ हजार ८१२ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये ४ हजार ५६८ परीक्षण एन्टिजन विधिबाट गरिएको हो ।

कुल परीक्षणको २५ प्रतिशतमा संक्रमण देखिएको हो । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ३८ हजार ८०५ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ५६१ पुगेको छ । यसैगरी बुधवार ३ हजार ५९७ जना निको भएसँगै हालसम्म ५ लाख ९६ हजार १३२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here