पछिल्लो २४ घण्टामा २४४४ जनालाई कोरोना संक्रमण

काठमाडौं, १४ असार । पछिल्लो २४ घण्टामा ११ हजार ६४० जनाको परीक्षण गर्दा २ हजार ४४४ जनामा कोभिड १९ संक्रमण देखिको छ ।

६ हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५०९ जनामा र ४ हजार ९९२ जनाको एन्टिजेन परीक्षण गर्दा ९३५ जनामा संक्रमण देखिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार३ हजार ८५३ जना संक्रमण मुक्त भएका छन् । यससँगै सक्रिय कोरोना संक्रमितको संख्या ३७ हजार ९५० पुगेको छ ।

यस्तै, संक्रमणका कारण थप ४२ जनाको मृत्यु भएको छ। देशभर हालसम्म संक्रमणका कारण ९ हजार ५१ जनाको मृत्यु भइसकेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here