लागुऔषधः ख्यालख्यालमा सेवन, बेहालमा मृत्यु

टिका बहादुर कार्की

आज २६ जुन २०२१ ( बि.सं. २०७८।०३।१२ गते) “Share facts on Drugs, Save Lives” (लागु औषधका तथ्य सेयर गरौं, जिवन बचाऔं) भन्ने नाराका साथ लागुऔषध सेवन तथा गैरकानुनी कारोवार बिरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईदै छ । बिश्वभर करिव २७५ मिलियन जनता लागुऔषध सेवनकर्ता रहेको, ३६ मिलियनमा असन्तुलित लागुऔषध सेवनका कारण स्वास्थ स्थिति नाजुक रहेको, गाँजा सेवन कर्ताहरु ४ गुणाले बृद्धी हँुदै गएको र अधिकांश युवा तथा दिर्घकालिन सेवनकर्ता दुव्र्यसनी रहेको संयुक्त राष्ट्र संघ लागु औषध अपराध तथ्याङ्कबाट पुष्टि भएको छ । सजिलै लुकाईछिपाई ओसारपसार, संचय तथा सेवन गर्न सहज हुने, केही पटकको सेवन पछी शारिरिक तथा मानसिक रुपमै बानी बस्ने (Habit Forming) हुने लागु औषध सिगरेट सेवनबाट सुरु भएको लागु औषधको यात्रा बृतान्त सम्बन्धमा चर्चा गरौं ।

“आहा जिन्दगीको मजा, संधै यसरी बाँच्नु पर्छ, रिल्याक्स यार, नो मोर टेन्सन ।” हामी गरिबका छोराले यसरी मस्ती गरिरहंदा तिमी हुने खानेका छोरा संधै परिक्षाको तनाबमा रहेको देख्दा हांसो लाग्छ । जतीनै मरिहत्ते गरेनी हुने केही होइन, कोरोनाले छोड्ने नि होइन, मरि जाँदा लिएर जानेनी होईन, वाहियातको ल्याङलाङ भन्दै कक्षा सहपाठीहरुले टेबलमा अगाडी चियाको गिलास राखेर कुनामा फरुर्रफुरुर्र सिगरेटको धुवाँ उडाएको देख्ने एउटा जेहेन्दार बिद्यार्थी सुबास बेला बेलामा सोचमग्न हुन्छ । उसलाई राती अबेरसम्म गृहकार्य गर्दागर्दै निद्रा नलागेसी सिगरेट पिउन मन लाग्छ अनि सोच्छ– “महाकवि लक्ष्मीप्रसाद देवकोटा जस्ता धेरै महान व्यक्ति पनि चेन स्मोकर थिएरे,” म त साधारण केटो, तर चाहेको बेला सिगरेट पिउने कसरी ? आमाले थाहा पाइन भने के होला ? यसरी साथीको रवाफ देख्दा उ एकै क्षण भए पनि कक्षाको टिफिन ब्रेकमा स्कुल नजिकैको चिया पसलमा साथीसंग नजिक हुन चाहान्छ । त्यो पसलमा प्राय ट्यापे केटाहरु मात्र चिया पिउन जाने हुँदा साहुजिका लागी स्थायी ग्राहक भैसकेका थिए, चिया खाजा बनाउन र एउटा सिगरेट तत्काल दिन अर्डर गरेर साथमा लगेको गाँजाको धुलो सिगरेटको खिल्लीभित्र रहेको सुर्तीको धुलोसंग छिटोछिटो मिलाई सोही खिल्लीमा भरेर सलाई कोर्दै सल्काएर पालैपालो फुर्रफुर्र उडाउदै सिध्याउछन् । खाजा खाँदाखाँदै स्कुलमा घन्टी बज्दछ, हतारहतार कक्षामा प्रवेश गर्दै पछाडी बेन्चमा गएर बस्छन् । किताब, कापी, कलम बेन्चमाथी राखेर बोर्डमा सोलुसन लेखेर यसैगरी अरु समस्या हल गर्नु भन्दै गरेका गुरुको प्रवचन सुनेझै गरी बेलाबेला निदाउन खोज्दछन् । भोली पल्ट होमवर्क पल्ट्याएर सोलुसन नं १, २, ३… गर्दै गुरुले ठिक बेठीकमा चिन्ह लगाउन र नमिलेको साथीहरुसंगै सिक्नु, आजको अर्को पाठ…, यसरी पाठको पढाई सकिन्छ । परिक्षा आउन लागि सक्यो, बुझेको केही छैन, ट्युसन पढ्न चाहानेले नाम लेखाउछन्, बिहान ७ बजेदेखी ट्युसन पढाई हुन्छ । सुबास सहितको साथीहरु पनि ट्युसन पढ्ने नियमित बिद्यार्थी हुन्छन्, तर पढाईको तरिका भने स्कुलभन्दा फरक छैन । फुर्सदको समयमा सल्लाह गर्दछन् “ट्युसन फिको पैसा घरबाट ल्याउने तर अब ट्युसन नपढ्ने, त्यही पैसाले गाँजा, सिगरेट जे जे चाहिन्छ किनेर लुकाई राख्ने” भन्दै ट्युसन छाड्दछन् ।

परिक्षाको रुटिन आयो, सबै बिद्यार्थी सहभागी भए । जेहेन्दार तथा असल आचरण भएका बिद्यार्थीले शतप्रतिशत प्रश्नको जवाफमा सही उत्तर लेखे, परिक्षा सकिनासाथ आफुले हल गरेको जवाफ मिल्यो कि मिलेन ? अरुसंग ट्याली गर्दै रमाउदै क्रमशः अर्को बिषयको तयारीका लागी सरासर घर तथा डेरा तिर जान्छन् । सुवास र उसका साथीहरु चाहीं उही पुरानो चियापसल तिर, फेरी खाजाको अर्डर गर्दै गाँजा तान्न लाग्छन् । उनीहरुका बिचमा परिक्षाको बिषयमा चिन्ता हुँदैन, केवल “नो मोर टेन्सन” । यसैगरी परिक्षा सम्पन्न हुन्छ । परिक्षाफल प्रकाशित हुँदा गाँजा खाने सुवास सहितका ५ जना फेल हुन्छन् ।

अबिभावक भेला, अबिभावकको प्रतिकृया र शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको भेलामा “चिया पसलबाट बिद्यार्थीले गाँजा खान सुरु गरेको र शिक्षक लगायत कोही कसैले यसमा ध्यान नदिएको हुँदा आगामी बर्षमा अरु बिद्यार्थी फेल हुँदै जाने मात्र होईन बिद्यालय नै लागु औषधको अखडा बन्दै जाँदा समाजमा विकृति व्यापक रुपमा फैलिने संभावना भएकोले यस तर्फ सम्बन्धीत सबैको ध्यान जान जरुरी रहेको निष्कर्षमा पुगे । बुझ्दै जाँदा प्रत्येक बिद्यार्थीको कृयाकलाप र अनुहारको हाउभाउ समेत ख्याल राखेर गृहकार्य तथा नियमित अन्तरकृयाद्वारा सबै बिद्यार्थीलाई आफुप्रति आकर्षण गर्दै अध्यापन गराई पाठ तथा सोलुसन कण्ठस्थ गर्न लगाएका भए साहेद सुबास जस्ता केही बिद्यार्थी कमजोर हुने थिएनन् । कक्षामा आएपछी आफुले मात्र सोलुसन गरेर देखाइ दिएपनि सबै बिद्यार्थीले गृहकार्य गरेका छन् छैनन्, अन्तरक्रियामा सबैजसोको सहभागिता तथा जिज्ञासा एवं जवाफ प्रस्तुतीकरण समेत ख्याल नगरी सरासर, आउने, पढाउने र जाने मात्र गर्नु भएका आदरणीय गुरु महोदय, आफ्ना सन्ततीको दैनिक क्रियाकलाप र पढाई प्रति चासो नराख्ने अबिभावक, समाजका अगुवाहरु, चिया पसले मात्र होईन सुबासका साथीहरुकै व्यवास्ताका कारण त्यो अवस्थाको सृजना भएको कुरा बिद्यालय मात्र होईन गाउँभरी व्यापक भयो ।

नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै १ दिन शिक्षक सहित बिद्यालय व्यवस्थापन समितिको बैठक बस्यो र बिद्यालय तथा शिक्षकको कार्यशैली परिवर्तन, बिद्यार्थीको दैनिक गृहकार्य चेक गर्ने, मासिक समिक्षा गर्दै बिद्यार्थीको बुझाई तथा अध्ययनमा लगनशिलता अभिवृद्धी गर्दै आगामी ६ महिना भित्र बिद्यालयमा अध्ययन तथा अध्यापनको वातावरण सम्बन्धमा अबिभावक, व्यवस्थापन समिति र शिक्षकका बिच समिक्षा गर्नुका साथै आफ्ना केटाकेटीले घरमा गृहकार्य तथा अतिरिक्त क्रियाकलापको अभ्यास गरे नगरेको संबन्धीत अबिभावकले ख्याल राख्ने, बिद्यालय वरपर मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री बितरण तथा सेवनमा प्रतिबन्ध लगाउने, टिफिन समयमा बिद्यार्थी बाहिर जाँदा सिगरेट, गाँजा जस्ता बिकृतिजन्य क्रियाकलापले असर पार्ने हुँदा बिद्यालय भित्र चमेना गृह संचालन गर्ने निर्णय भयो । अर्का तर्फ परिक्षामा फेल भएका, गाँजा लगायतका लागु पदार्थ तथा अन्य नसालु पदार्थ सेवन गर्ने बानी परेका बिद्यार्थी पुनः अब त्यस बिद्यालयमा आउन छाडे । पढ्ने बेला गाँजा सेवनमा लागेको थाहा नपाएका अबिभावकले गाँजा खाएर पढाई बिगारेका सन्ततीलाई अब झनै वास्ता गर्न छाडे । उनीहरु लागु औषधका अन्य दुव्र्यसनी तथा तस्करहरुको संगतमा लाग्दै जाँदा आफैले सिरिन्ज घोचेर इन्जेक्सन लगाउनुपर्ने टिडिजेसिक, नर्फिन लगायतका तत्काल लठ्ठपार्ने कडा डोजका लागुऔषध सेवन गर्दै जथाभावी सुईहरु फाल्दै गर्न थालेपछि समाज निकै छिटो लागुऔषध दुव्र्यसनी तथा तस्करको अखडा बन्न पुग्यो ।

जताततै लागु औषधको बिकृतीले समाजलाई अशान्त बनाउन थालेपछी समाजका अगुवाहरुको सक्रियतामा लागु औषध नियन्त्रण अभियानै संचालन गर्नुपर्यो । सुवास लगायतका दुव्र्यसनीहरु लुकिछिपि सेवन तथा ओसारपसार गर्दागर्दै पटक–पटक प्रहरीको फन्दामा पर्दै गए । समाजमा लागु औषधका कारण आफुप्रतिको सोंच व्यवहारमा परिवर्तन, घरबाट पैसा, गरगहना तथा सामान हराउदै जाँदा गरिवी अबस्थाको सृजना, बेला बेलामा झैझगडा तथा दुर्घटनामा संलग्नता, अशान्ती र हिनताबोधले उनीहरुका परिवारजन बेचैन थिए ।

केही बर्षपछी उक्त बिद्यालयबाट एस.एल.सी परिक्षामा उच्च अङ्क सहित उत्तीर्ण हुने बिद्यार्थीको संख्या बृद्धी हुँदै जान थाल्यो । राम्रो अंक ल्याउनेलाई उच्च शिक्षाको लागी अफर आउँदै गर्दा सुबास र उसका साथीहरु कहिले जेल, कहिले लागु औषधको खेलमा लागी लुकीछिपी धेरै मात्रामा सेवन गर्दा समयमा खानपिन तथा सन्तुलित भोजन, आवश्यक शारिरिक अभ्यास र निश्चित समय आराम लगायतका मानिस स्वस्थ रहनुपर्ने क्रियाकलापको अभावमा दुव्लाउँदै गएका थिए । हेर्दा फोहोरी, नजिक पर्दा शरिर गनाउने, मौका मिल्यो कि लुटपाट तथा चोरी गर्ने मात्र होईन हतियार प्रहार गर्ने जस्ता जघन्य अपराध गर्ने कार्यमा तत्कालै संलग्न भैहाल्थे ।

चिया पसलमा ख्याल ख्यालैमा चुरोटसंगै गांजा सेवन गर्न सिकेका सुबास लगायतका ४, ५ जना युवाहरु १ दिन लुकीछिपी धेरै मात्रामा लागुऔषध सेवन गर्दागर्दै गाउँ नजिकै सानो झाडीमा बेहोस अबस्थामा छन् भन्ने खबर गाउभरी फैलियो । प्रहरीलाई खबर भयो । प्रहरीले देखे बमोजिम घटनास्थल प्रकृति मुचुल्का उठाउदै फेला परेका सिरिन्ज, इन्जेक्सन लगायतका चिजबस्तु बरामद गरेर बेहोस अबस्थामा रहेका ति युवाहरुलाई नजिकको अस्पताल पुर्याई दिए । अस्पताल पुर्याउनासाथ चिकित्सकले सामान्य परिक्षणमा लागुऔषधको अईडोज सेवन गरेको कारण २ जनालाई मृत्यु घोषणा, ३ जनालाई थप चपचारको लागी सुबिधासम्पन्न अस्पतालमा लैजान रिफर गरिदिए । तर, उनीहरुका परिवारमा तिनै सन्तती लागुऔषध दुव्र्यसनीमा लागेपछी आर्थिक स्थिती नजुक भएको हुँदा उपचारको लागी रकम जुटाउन सक्ने अबस्था थिएन । सज्जन तथा ईमान्दार मानिसलाई समस्या पर्दा तत्काल सहयोग जुटाउन सक्ने समाज तथा आफन्तले दुव्र्यसनीको स्वास्थ उपचारमा सहयोग गर्ने अवस्था थिएन ।

मृतकको लास सतगत गर्ने खर्च समेत नहुँदा मुर्दाघरमा रहेर सडिगली सकेको लास कानुन बमोजिम स्थानीय निकायलाई अन्तिम संस्कार अर्थात शव व्यवस्थापन गरि दिन स्थानिय प्रहरीले अनुरोध गरी पत्र पठाएपछी सम्बनधीत स्थानीय निकायले ट्याक्टरको व्यवस्था गरी घर परिवार समेत रहेका ति शबको व्यवस्थापन त भयो जिवित रहेका दुव्र्यसनीको उपचारमा पनि रकम जुटाई सहयोग गर्ने कोही नहुँदा सडक किनारमा बेहाल अबस्थामा नारकीय जिवन बाँचीरहेका छन् । घर परिवार तथा समाजको बिचारमा बरु ढुङ्गा, माटो, काठ, दाउरा स्याहारे यि ट्यापेलाई स्याहारेर काम छैन भन्दै मानिसहरुमा यिनिहरु प्रति घृणाको भावना बिकास भएको छ ।

(कथामा व्यक्तिको नाम तथा संस्था काल्पनिक हुन्, कसैसंग मिल्न गएमा अन्यथा नलिन हुन अनुरोध छ )

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here