फाइल तस्विर

बागलुङ, ८ असार । कोरोना संक्रमणबाट बागलुङमा थप दुई जनाको मृत्यु भएको छ ।

धौलागिरी अस्पतालमा उपचाररत बागलुङ नगरपालिका र बडिगाड गाउँपालिकाका दुई जना कोरोना संक्रमित पुरुषको सोमबार र मंगलबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । घिमिरेले बडिगाड गाउँपालिका–२ का ६८ बर्षिय पुरुष र बागलुङ नगरपालिका–३ का ८२ बर्षिय पुरुषको मृत्यु भएको बताउनुभयो ।

कोरोना भाइरसको लक्षण देखिएपछि जेठ १९ गते धौलागिरी अस्पताल भर्ना भएका बडिगाड–२ का ६८ बर्षिय पुरुषको सोहि दिन कोरोना परिक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । जटिल प्रकारको कोभिड निमोनियाको समस्या देखिएका उनको उपचारको क्रममा मंगलबार विहान ११ बजे मृत्यु भएको फोकलपर्सन घिमिरेले बताउनुभयो ।

यस्तै धौलागिरी अस्पतालमा उपचारको क्रममा सोमबार मृत्यु भएका बागलुङ नगरपालिका–३ का ८२ बर्षिय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका उनको सोमबार साँझ ६ बजे उपचारको क्रममा मृत्यु भएको थियो ।

कोरोनाको लक्षण देखिएपछि सोमबार नै निकालिएको स्वाबको पिसिआर परिक्षण रिपोज आज मंगलबार पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here