बागलुङ, ८ असार । बागलुङ नगरपालिका वडा नम्बर ३ रात्माटामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मंगलबार विहान ध १ च ८३ नम्बरको ट्याक्टर रात्माटामा दुर्घटना हुँदा ट्याक्टरका सहचालक बागलुङ नगरपालिका–१२ का १८ बर्षिय सरोज भन्ने टिका भेटवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । दुर्घटनामा घाईते भएका भेटवालको धौलगिरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक कृष्ण बहादुर पल्ली मगरले जानकारी दिनुभयो ।

दुर्घटना पछि ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here