बागलुङमा कोरोना संक्रमणबाट २६ बर्षिया महिलाको मृत्यु

फाइल तस्विर

बागलुङ, ५ असार । बागलुङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट धौलागिरी अस्पतालमा उपचाररत बडिगाड गाउँपालिका वडा नम्बर ६ की २६ बर्षिया महिलाको शनिबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

एन्टिजिन परिक्षणबाट कोरोना पुष्टि भएकी उनको स्वास्थ्यमा समस्या भएपछि शुक्रबार मात्र अस्पताल भर्ना गरिएको थियो ।

उनलाई गम्भिर प्रकारको कोभिड निमोनियाको समस्या रहेको अस्पतालले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here