
बागलुङ, २ असार । केही दिनदेखिको अविरल वर्षाका कारण पहिरोमा परेर काठेखोला गाउँपालिका वडा नम्बर ८ लेखानीका ९ घरपरिवार विस्थापित भएका छन् ।
वर्षासँगै आएको पहिरोकोले बुधबार एउटा घरमा पुरै क्षति भएको र अन्य जोखिममा परेपछि ९ घरपरिवार विस्थापित भएको वडा अध्यक्ष चित्रकुमारी छन्त्याल श्रीसले बताउनुभयो । उहाँले विस्थापित भएकाहरु छिमेकीकोमा आश्रय लिएर बसेको बताउनुभयो ।
वडाअध्यक्ष श्रीसले वर्षाका कारण अझै जोखिम बढ्ने भएकाले सवै सुरक्षित रहनको लागि अपिल गर्नुभएको छ ।









