
बागलुङ, २ असार । निरन्तरको बाढीले बागलुङ–कुश्मीशेरा सडक खण्डको मालढुंगामा रहेको काठेखोला पक्कि पुल भत्किएको छ ।
काठेखोला माथि निर्माण भएको पुलको पूर्व तर्फको भाग बाढीले बगाएपछि बागलुङ–कुश्मीशेरा सडक खण्ड अवरुद्ध भएको बागलुङ नगरपालिका वडा नम्बर १ का वडा सदस्य सूर्य लामिछाने क्षत्रीले बताउनुभयो । वडा सदस्य क्षत्रीले मंगलबार राति पुलभन्दा केहि माथि रहेको ठूलो चट्टान खसेर खोला थुनिएपछि बाढीले पुलको छेउछाउको भाग बगाएर क्षति पु¥याएको बताउनुभयो ।
पुल भत्किएपछि बागलुङको दक्षिण क्षेत्रको सिधा यात्रा टुटेको छ । पुल भत्किएपछि बागलुङ नगरपालिका वडा नम्बर १२, १३, १४, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका नागरिकलाई बागलुङ बजार आउजाउमा समस्या परेको छ ।
तस्विरः सुर्य लामिछाने क्षत्री











