काँग्रेस नेता शर्माद्वारा जन्मदिनको खर्च कटाएर स्वास्थ्य सुरक्षा सामाग्री सहयोग

बाग्लुङ, १ असार । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि युवा नेता हरिहर शर्माले आफ्नो जन्मदिनको खर्च कटाएर अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामाग्री सहयोग गरेका छन । जिल्लाको जैमिनी नगरपालिका–७ जैदिका शर्माले आफ्नै गाउँमा रहेका स्वास्थ्य चौकी, आर्युवेद औषधालय, सामुदायिक स्वास्थ्य ईकाई र प्रहरी चौकीमा स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेका हुन ।

नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रिय सह–महामन्त्री समेत रहेका शर्माले मंगलबार एक कार्यक्रमका बिच जैदी स्वास्थ्य चौकीलाई अक्सिजन सिलिण्डर सहित ५ सय थान सर्जिकल मास्क, सेनिटाईजर अक्सिमिटर प्रदान गरेका हुन । त्यसैगरी जैदीमै रहेको सामुदायिक स्वास्थ्य ईकाई आर्युवेद र प्रहरी चौकीलाई पनि ५ सय थानका दरले मास्क र स्यानिटाईजर सहयोग गरेका छन ।

कोरोना महामारीले समाज आक्रान्त बनेको बेला यसको जोखिम कम गर्नका निम्ती केही सहयोग पुगोस भन्ने उद्देश्यले अक्सिजन सहित आवश्यक स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको शर्माले बताए । उनले हरेक वर्ष आफ्नो जन्मदिनको खर्च कटाएर सामाजिक कार्यमा सहयोग गर्दै आएको जानकारी दिए । ‘विगतका वर्षहरुमा पनि म आफ्नो जन्मदिन सामाजिक क्षेत्रमा नै सहयोग गरेर मनाउने गरेको थिए शर्माले भने, अघिल्ला वर्षहरुमा विद्यालयमा बालबालिकाका लागि शैक्षिक सामाग्री प्रदान गरेको थिए । यस वर्ष कोरोना महामारीलाई कम गर्नका लागि केही सहयोग पु¥याउन स्वास्थ्य सामाग्री सहयोग गरेको छु । आगामी दिनमा पनि यस्तै सामाजिक कार्यमा खर्च गरी समुदाय सँगै बसेर जन्मदिन मनाउने छु ।’

स्वास्थ्य सुरक्षा सामाग्री जैमिनी नगरपालिकाका नगरप्रमुख ईन्द्रराज पौडेल र शर्माले स्वास्थ्य संस्थाका प्रमुख र प्रहरी चौकीका प्रमुखलाई हस्तान्तरण गरिएको थियो । हस्तान्तण पश्चात बोल्दै नगरप्रमुख पौडेलले कोभिडले हरेक क्षेत्रमा संकट पु¥याएको बेला शर्माको सहयोगले ठुलो राहत भएको बताए । उनले शर्माले हरेक वर्ष समाजमा नै केही काम गरेर मनाउने जन्मदिनको ले समाजमा थप नयाँ सन्देश पनि प्रवाह गरको बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सचिव विष्णु आचार्य, जैदि स्वास्थ्य चौकीका प्रमुख झलकराज आचार्य, बेलबगर आर्युवेदका प्रमुख गोविन्द चालिसे, जनकल्याण मावि अर्जेवाका प्रध्यानध्यापक नारायण गिरी, सतिढुंगा माविका विद्यालय व्यवस्थापन समितिका सदस्य बसन्ती थापा गिरी लगायतले नेता शर्माले प्रदान गरेको सहयोगले कोरोना विरुद्ध लड्नका निम्ती थप सहज हुने बताए ।

कार्यक्रम जैमिनी नगरपालिका वडा नं. ७ जैदीका वडा अध्यक्ष जितबहादुर रानाको अध्यक्षता नेपाली काँग्रेस जैमिनी नगरपालिकाका प्रवत्ता किरण चालिसेको संचालनमा सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here